नेपालमा न्यायको अनुभुती गर्नेहरुका लागि यतिवेला अधिकारी दम्पती एउटा ज्वलन्त र गतिलो उदाहरणका रुपमा आम नागरिकहरुले बुझ्ने र देख्ने अवसर पाएका छन् ।
साँच्चै यो नेपालको कानुन कुनै एउटा व्यक्तिले चाहेर रोकिने र कसैलाई अनाहकमै चाहेर फसाउने खालको होला त । कसैले जघन्य अपराध गरेको छ त्यो अपराधको उसले कानुन बमोजिम सजाय पाउनु पर्ने हो की होईन् ? नेपालमा विगतदेखी यस्तै बिडम्बनाहरु सुनिदै र देखिदै आएका छन् ।
नेपालको कानुनलाई समेत आफ्नो पाकेटबाट झिकेर आर्शिवाद दिएको जस्तो गरि मुलुक संचालन गर्ने दलहरुले तुच्छ व्यवहार प्रर्दशन गर्ने क्रम अहिलेपनि रोकिएको छैन् ।
छोरा कृष्णवहादुर अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीका हत्यारालाई किन कार्वाही नहुने त्यसो भए त मुलुक अव दुईचार जना प्रमुखहरुले जे गरेपनि हुने अवस्थामा पो आउने भयो त ?
के यही तालले मुलुकका आम नागरिकहरुले कानुनप्रति गरेको विश्वास अटल र अमर रहला त । जनतालाई अहिले पनि विश्वास रहेको छ कानुन अन्यायमा परेका आम नागरिकहरुको न्यायको थलो हो यसले कहिल्यै पनि असत्य गर्दैन अहिलेसम्म मुलुकमा एउटामात्र औलो उठाउन नमिल्ने र नसक्ने ओहदामा रहेको कानुनले अवस्यपनि अधिकारी दम्पतीलाई न्याय दिनेछ यसमा आम नागरिकहरु समेत ढुक्क भएर बसेका छन् ।





